birat ribon

ताप्लेजुङमा ४९ घर जलेर नष्ट

Neuro
ताप्लेजुङमा ४९ घर जलेर नष्ट

विराटनगर / ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । मङ्गलबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो १ बजेमात्र नियन्त्रणमा आएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् ।

आगलागी नियन्त्रणमा आइसकेको तर जलेका घरमा भित्रभित्र सल्किरहेको र बस्तीबाट जङ्लतिर फैलिएको आगो निभाउने काम भइरहेको उनले बताइन् ।

cura insider

आगलागीबाट ४९ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने हुन पाएन । आगलागीबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । दुई वटा दमकल प्रयोग गर्दा पनि आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको बताइएको छ ।

आगलागीबाट ३३ घरधनी र २२ जना डेरावाल पूर्णरूपमा प्रभावित भएका छन् । हाल उनीहरूलाई तत्काल बासको व्यवस्था गर्नुपर्ने अवस्था देखिएको छ । पीडितहरूलाई बस्ती नजिकैको खाली ठाउँमा टेन टाँगेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको खड्काले जानकारी दिइन् । यसका लागि उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ र रेडक्रसले आपतकालीन बैठक पीडितहरूलाई लत्ताकपडा र खानेकुराको प्रबन्ध गर्ने निर्णय गरेका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको बताइन्छ । यसबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिख खड्काले बताइन् ।

jackson ribon