birat ribon

स्वास्थ्य स्वयमसेविकालाई साइकल

Neuro
स्वास्थ्य स्वयमसेविकालाई साइकल

सप्तरी / सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको छ ।

स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि कञ्चनरुप नगरपालिका–८ द्वारा नौ महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको हो ।

cura insider

विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको वडाध्यक्ष राजकुमार साहले बताए ।

स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्‍याउँदै आएका उनीहरुलाई अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्ष साहले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रको विकास र सुधार नभएसम्म मानव जीवनमा विभिन्नखाले समस्या आउने हुँदा स्वास्थ्य क्षेत्रलाई सबै मिलेर प्रभावकारी बनाउनुपर्ने नगर प्रमुख वसन्त मिश्रले बताए । रासस

jackson ribon