birat ribon

एक हजार सात सयले घट्यो सुनको मूल्य

Neuro
एक हजार सात सयले घट्यो सुनको मूल्य

काठमाडौँ / आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार सात सयले घटेको हो ।

cura insider

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार पाँच सय ५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार दुई सय ५० मा कारोबार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा ४० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ३० मा कारोबार भएको चाँदी आज भने तोलामा एक हजार दुई सय ९० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

jackson ribon