birat ribon

बहुविवाह गर्नेलाई कैद र जरिवाना

Neuro
बहुविवाह गर्नेलाई कैद र जरिवाना

सप्तरी / सप्तरी जिल्ला अदालतले बहुविवाहका एक आरोपीलाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सिरहाको लहान–१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको हो ।

cura insider

अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार चौधरीकी श्रीमती गयादेवी चौधरीले उनका श्रीमान् विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका–५ की २८ वर्षीया फूलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै उजुरी दर्ता गराएकी थिइन् ।

आरोपित सुरुङ्गा नगरपालिका–६ स्थित श्री त्रियुगा डिस्टिलरीमा कार्यरत छन् । आरोपित विनोदले फूलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई विसं २०७५ भदौ १५ गते पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशमा विनोद २०७५ असोज ११ गत ५० हजार धरौटीमा तारेखमा रिहा भएका थिए ।

अर्का आरोपित फूलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । रासस

jackson ribon