birat ribon

प्रधानमन्त्री ओलीसँग कसैलाई हटाउने अधिकार छैन : नेता नेपाल

Neuro
प्रधानमन्त्री ओलीसँग कसैलाई हटाउने अधिकार छैन : नेता नेपाल

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकोले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताएका छन् ।

cura insider

उनले भने, ‘यो पार्टीको सदस्य नभएको व्यक्तिले, संसदीय दलको नेताको पनि दाबा गरिरहेका छन् । अनि मुख्य सचेतकबाट देव गुरुङजीलाई हटाएको पनि सुन्नु भा छ । अधिकार नै नभएको कुरा कहाँबाट हटाउने ? किनभने संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता त हामीले चयन गरिसकेका छौँ ।’

‘अब केपी ओली दलको नेता पनि रहनुभाको छैन । त्यस हुनाले पनि उहाँले आफ्नो हिसाबले उहाँको डायरीमा नोट गरेका नाम जति काटे हुन्छ । हामीलाई भन्नु केही पनि छैन । रिस उठेपछि कलमले केरकार गरेपनि हुन्छ,’ उनले थपे ।

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिएबमोजिम मात्रै हुने बताए । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान नसक्ने भन्दै उनले आफूहरूले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गरे ।

jackson ribon