birat ribon

विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनियो : राष्ट्रपति

Neuro
विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनियो : राष्ट्रपति

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतायुक्त संस्कृतिकै कारण नेपाल विश्वभर चिनिएको बताएकी छन् । सोमबार सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

cura insider

नेपाली कला संस्कृति विश्वमै धनी भएको उल्लेख गर्दै पूराना स्रष्टाको सिर्जना जगेर्ना गर्नु आजको आवश्यकता भएको बताइन् । नातिकाजी नेपाली साङ्गीतिक क्षेत्रको उज्ज्वल नक्षत्र भएको र उनको विशिष्ट पहिचान भएको उनले बताइन् ।

रेडियो नेपालको स्थापनासँगै नातिकाजी उदाएको बताउँदै उनले भनिन्, ‘नातिकाजीद्वारा सिर्जित राष्ट्रिय भावका गीतको जगेर्ना गर्नु अति आवश्यक छ ।’ राष्ट्रपति भण्डारीले नातिकाजीको सिर्जनाले कर्मक्षेत्रमा लागिरहन थप प्रेरणा मिल्ने बताइन् ।

jackson ribon