birat ribon

‘अर्जुन रेड्डी’ को नेपाली रिमेक : अडिसनको तयारीमा शेखर

Neuro
‘अर्जुन रेड्डी’ को नेपाली रिमेक : अडिसनको तयारीमा शेखर

विराटनगर / सुपरहिट तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको निर्माण घोषणा भएको आज एक वर्ष बित्यो । कोरोना महामारीका कारण फिल्मको काम अघि बढ्न सकेको थिएन ।

cura insider

फिल्मको स्क्रिप्ट तयार भएपनि कथाले मागेअनुसारको कलाकार नभेटिएपछि निर्माणमा ढिलाइ भएको निर्माण पक्ष बताउँछन् । कोरोना महामारीपछिको अवस्था सामान्य बन्दै गएलगत्तै निर्माण टिमले फिल्मका लागि कास्टिङ कल जारी गरेका छन् ।

अडिसनको तयारीमा लागि परेका निर्माण पक्षको लागि एक चुनौती र सिनेमा जगतमा छुट्टै पहिचान बनाउने तयारीमा रहेका युवा–युवतीलाई एक अवसर बनेको छ, यो फिल्म । नयाँ अनुहारलाई भित्र्याउनु नौलो कुरा होइन तर अभिनयलाई चिनेको र आफ्नो भूमिका निभाउन सक्ने कलाकारलाई डेब्यु गराउनु ठूलो चुनौती हो, यसैकारण निर्माण पक्षको लागि यो अडिसन चुनौती रहेको छ ।

फिल्म ’अर्जुन रेड्डि’ को रिमेकमा आफूले अभिनय गर्ने मौका पाएमा उक्त भूमिकालाई निभाउन जस्तै चुनौतीसङ्ग लड्न तयार रहने कलाकार शेखर सुवेदी बताउँछन् । उनले फिल्म ‘निर्भय’ बाट ठूलो पर्दामा डेब्यु गरेका हुन् ।

सानैदेखि अभिनयमा रुचि राखेका सुवेदी आफ्नो जिन्दगी फिल्म क्षेत्रलाई नै अर्पण गर्ने बताउँछन । उनले थुप्रै म्युजिक भिडियो तथा मोडेलिङ गरेका छन् । हाल उनी फिल्म ‘अर्जुन रेड्डि’ को नेपाली रिमेकको अडिसनको तयारीमा व्यस्त छन् ।

उनले भने, ‘अहिले म अर्जुन रेड्डी भन्ने चरित्रको गहिराइमा डुबेर अभिनय सिक्दै छु । यो चरित्रलाई न्याय दिन मबाट केही कमी कमजोरी हुन दिने छैन ।’

नेपाली फिल्म कम्पनी युवा फिल्मस्ले ‘अर्जुन रेड्डी’ निर्माण कम्पनी भद्रकाली पिक्चर्ससँग नेपाली संस्करणको निर्माणको अनुमति लिएपछि रिमेक पक्का भएको हो ।

jackson ribon