birat ribon

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Neuro
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

विराटनगर / नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

cura insider

नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु एक सय १६ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रतिलिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी रु ७२ कायम गरिएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।

jackson ribon