birat ribon

बेलायती राजकुमारलाई अर्को अस्पतालमा सारियो

Neuro
बेलायती राजकुमारलाई अर्को अस्पतालमा सारियो

विराटनगर / बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।
बेलायती महामारी एलिजावेथ द्वितीयका ९९ वर्षीय श्रीमान् फिलिपलाई सोमबार अर्को अस्पतालमा सारिएको हो ।

cura insider

उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्बन्धी समस्या देखिएपछि मुटु परीक्षणसमेत गरिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरूले जनाएका छन् ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।

jackson ribon