birat ribon

प्रेस सङ्गठन नेपाल प्रदेश कमिटीको पुनर्गठन, मोरङ संयोजकमा ध्रुव भट्टराई

Neuro
प्रेस सङ्गठन नेपाल प्रदेश कमिटीको पुनर्गठन, मोरङ संयोजकमा ध्रुव भट्टराई

विराटनगर / नेपाली प्रगतिशील श्रमजीवी पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको प्रदेश १ कमिटीको पुनर्गठन भएको छ । ६ माघमा सम्पन्न दोस्रो राष्ट्रिय भेला र १५ फागुनमा सम्पन्न प्रदेशको दोस्रो भेलाले प्रेस सङ्गठन नेपाल प्रदेश १ कमिटीको पुनर्गठन गरेको हो ।

cura insider

प्रदेश १ कमिटीअन्तर्गत मोरङको संयोजकमा ध्रुब भट्टराई चयन भएका छन् भने सह–संयोजकमा विनु तिम्सिना र सुरेश अधिकारी चयन भएका छन् । यस्तै सचिवमा हरि अधिकारी चयन भएका छन् ।

यसैगरी सुनसरी संयोजकमा अर्जुन शर्मा तथा सह–संयोजकमा विकास राई र प्रमोद यादव चयन भएका छन् । झापा संयोजकमा सुब्रत न्यौपाने, ताप्लेजुङमा कमलप्रसाद भट्टराई, पाँचथरमा गणेश साम्पाङ, इलाममा रमेश पराजुली, उदयपुरमा ईश्वरकुमार तामाङ, भोजपुरमा राजन राई, खोटाङमा सूर्य तामाङ, सङ््खुवासभाको संयोजकमा अनिश विष्ट चयन भएका छन् ।

यसैगरी धनकुटा संयोजकमा ईश्वर थापा, तेह्रथुममा कृष्ण विदुखी, ओखलढुङ्गामा मनोज भट्टराई र सोलुखुम्बुमा भोजराज कार्की चयन भएका छन् ।

No description available.

jackson ribon