birat ribon

इब्राहिमोभिकले युनाइटेडसँगको खेल गुमाउने

Neuro
इब्राहिमोभिकले युनाइटेडसँगको खेल गुमाउने

विराटनगर / इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटान इब्राहिमोभिकले युरोपा लिगको अन्तिम १६ अन्तर्गत इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको पहिलो खेल गुमाउने भएका छन् ।

cura insider

चोटका कारण इब्राहिमोभिकले ओल्ड ट्राफोर्डमा हुने उक्त खेल गुमाउने मिलानले जनाएको छ । मिलानले ११ मार्चमा युनाटेडसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । दोस्रो लेगको खेल भने १८ मार्चमा हुनेछ ।

इब्राहिमोभिक सिरी ‘ए’अन्तर्गत रोमासँगको खेलका क्रममा घाइते भएका थिए । उक्त खेलमा मिलानले २–१ गोलको जित निकालेको थियो । इब्राहिमोभिकले पिँडुलामा चोट बोेकेको जनाइएको छ ।

jackson ribon