birat ribon

ओलीको निर्वाचन आयोगको सेटिङ भत्किँदै छ : प्रचण्ड

Neuro
ओलीको निर्वाचन आयोगको सेटिङ भत्किँदै छ : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गर्ने बताएका छन् ।

cura insider

सोमबार पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरूले पाउने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उनले केही दिनभित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिह्न र नाम बहुमतवाला पार्टीकै हो भनी फैसला गर्ने बताए । ‘अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ,’ उनले भने, ‘आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरूकै हो भन्ने फैसला हुन्छ ।’

अध्यक्ष प्रचण्डले केपी ओली पाहाझैँ पछारिएको टिप्पणी गरे । ओली पाहा पछारिएझैँ पछारिए पनि हामीले जित्यौ झन बलियो भयौँ भन्दै हिँडेको उनको भनाइ छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्नलायक नभएको उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकाले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताए ।

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिएबमोजिम मात्रै हुने दाबी गरे । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान नसक्ने भन्दै उनले आफूहरूले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गरे ।

jackson ribon