birat ribon

बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरण : घरबेटीलाई धरौटीमा छाड्ने आदेश

Neuro
बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरण : घरबेटीलाई धरौटीमा छाड्ने आदेश

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी रमेश गिरी एक लाख धरौटीमा छुटेका छन् ।

cura insider

आइतबार पक्राउ परेका गिरी सोमबार जिल्ला अदालत मोरङले एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकानरी दिए ।

उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई आइतबार साँझ पक्राउ गरेको थियो ।

उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरूको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शङ्कास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए ।

हत्या आरोपमा प्रहरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । गत विहीबार आरोपीमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

कर्तव्य ज्यान मुद्दाका आरोपी उर्लाबारीका ३१ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार छन् ।

राजेश, सुदीप र दिपेशको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेहरमान, सुदीप र दिपेश गिरीको घरमा डेरा बस्थे । साथी प्रवीणलाई लिएर राजेश पुस ४ गते राति कोठामा गएका थिए ।

कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा सौरभ होटलका सञ्चालक कुमार राईसँग विवाद भएको थियो । त्यसपछि साथीको डेरामा पुगेर सबै एउटै कोठामा सुतेकामध्ये प्रवीणको भने शङ्कास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको हो । स्थानीय र आफन्तको आन्दोलनपछि प्रहरीले उनीसँगै बसेका चार जना, घरबेटी र होटल सञ्चालकविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

jackson ribon