birat ribon

पशुपतिमा दाहसंस्कारका लागि दाउरा निःशुल्क गरिने : मन्त्री आले

Neuro
पशुपतिमा दाहसंस्कारका लागि दाउरा निःशुल्क गरिने : मन्त्री आले

काठमाडौँ / वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाहसंस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

cura insider

सोमबार राष्ट्रिय सहकारी महासङ्घले आयोजना गरेको सहकारीमा युवा समावेसिता विषयक दुई दिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने बताए । यसको निम्ति मन्त्रालयले गृहकार्य अगाडि बढाएको र यसैपल्ट लागू गरिने उनको भनाइ छ ।

उनले भने, ‘कम्तिमा पनि पशुपति आर्यघाटमा १२÷१५ हजार तिरेर दाहसंस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडि बढाएको छ । यसैपल्ट यो लागू गर्दैछौँ ।’

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताए । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउनका निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उनले बताए । उनले भने, ‘अपन जु को रुपमा कन्सेप्ट मैले अगाडि बनाएको छु । कम्तिमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडि बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडि बढाएको छु । यो अगाडि बढाउनु पर्छ कि भनेर मैले मेरो मन्त्रालयमा छलफल अगाडि बढाइसकेको छु ।’

उनले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको पनि बताए । कम्तिमा सातवटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडि बढाउने उनले जानकारी दिए ।

jackson ribon