birat ribon

ग्रिजम्यानको चुनौती डेम्बेले

Neuro
ग्रिजम्यानको चुनौती डेम्बेले

विराटनगर / बार्सिलोनामा मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले खेल्ने शैली परिवर्तन गर्दा कसैलाई फाइदा भएको छ भने ती फ्रेन्च स्टार ओस्मान डेम्बेले नै हुन् । विश्वकप विजेता डेम्बेले डच प्रशिक्षक कोइम्यानको ३–५–२ सेटपमा रहन्छन् र उनको तीव्रता विपक्षी टोलीका लागि समस्या पनि बन्दै गइरहेको छ ।

cura insider

डेम्बेलेले पछिल्ला दस ला लिगाका खेलमा गोल गर्न सकेका थिएनन् । डिसेम्बर २०२० मा इएबारविरुद्ध गोल गरेयता उनी गोलविहीन नै थिए । तर आइतबार राति सेभिल्लासँगको खेलमा उनले आफ्नो तीव्रता प्रस्तुत गरेका थिए ।

सेभिल्लाको मैदानमा बार्सिलोनाले २–० गोलको जित निकाल्दा उनले एक गोल गरेका थिए । त्यतिमात्र नभएर उनले चार सट्स प्रहार गरे । यस्तै सबैभन्दा राम्रोचाहिँ उनले १७ पासमध्ये १६ पासलाई सही दिसातर्फ परिणत गरे । सेभिल्लाको मैदानमा उनी उत्कृष्ट खेलाडीमध्येका एक ठहरिए ।

यस्तै उनले कोइम्यानलाई आफू कोपा डेल रेको सेमिफाइनलमा सुरुआती ११ का लागि पनि फिट रहेको सावित गरिदिए । सेमिफाइनलको दोस्रो लेगअन्तर्गत बार्सिलोनाले बुधबार राति सेभिल्लासँग आफ्नै मैदान क्याप नोउमा खेल्दैछ ।

डेम्बेले प्लेइङ सेटमा रहँदा एन्टोइन ग्रिजम्यानले भने बेन्चमा बस्नुपर्ने हुन्छ । किनकि डेम्बेले चम्किएको खेलमा ग्रिजम्यानले एक मिनेट पनि खेल्ने मौका पाएनन् । र, कोइम्यान पनि ग्रिजम्यानभन्दा छिटो खेलाडीको आवश्यकता टोलीमा रहेको र त्यसको विकल्प डेम्बेलेबाहेक अरू हुन नसक्ने बताउँछन् ।

‘यो ग्रिजम्यानका लागि सन्देश होइन तर हामी खेल्ने शैलीमा परिवर्तन ल्याउने निर्णयमा छौँ । यसैले डेम्बेलेलाई प्लेइङ सेटमा राखिएको हो । १–० गोलको अवस्थामा हामीले मेस्सीलाई ग्रिजम्यानभन्दा छिटो खेलाडीको आवश्यकता देखेका थियौँ । र, टोलीमा डेम्बेले नै छिटो खेलाडी हुन्,’ उनले भने ।

jackson ribon