birat ribon

फेलिक्सको विवादास्पद ‘सेलिब्रेसन’, इशारा कसलाई ?

Neuro
फेलिक्सको विवादास्पद ‘सेलिब्रेसन’, इशारा कसलाई ?

विराटगनगर / गए राति स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले भिल्लारियलमाथि २–० गोलको जित निकालेको थियो ।

भिल्लारियलको मैदानमा एथ्लेटिकोलाई जिताउन जाओ फेलिक्सले एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । भिल्लारियलका अल्फोन्सो पेड्राजाले आफ्नै पोस्टमा गोल गरेका थिए ।

cura insider

खेलको ६९औँ मिनेटमा फेलिक्सले गोल गरेका थिए । सो गोलपछि पोर्चुगिज स्टार फेलिसक्सले विवादास्पद सेलिब्रेसन गरेका थिए । अघिल्लो आइतबार च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इङ्ग्लिस क्लब चेल्सीसँग एथ्लेटिको स्तब्ध भएको थियो ।

चेल्सीसँग १–० गोलले स्तब्ध हुँदा निराश बनेका फेलिक्सले भिल्लारियलविरुद्ध गोल गरेसँगै विवादास्पद उत्सव मनाएका हुन् । गोलपछि उनले क्यामेरातिर आफ्नो रिसाएको जस्तो अनुहार देखाउँदै औँला आफ्नो ओठमा लगेर ‘चुप’ लागेर बस्न सङ्केतमा सेलिब्र्रसेन गरेका थिए ।

यो इशारा कसका लागि हो भन्ने प्रष्ट छैन । तर, उनले कोहीकसैलाई इशारा गरेको देखिन्छ । यो फरवार्ड फेलिक्सको सातौँ ला लिगा गोल हो ।

jackson ribon