birat ribon

प्रतिबन्धबाट जोगिए स्वारेज, ‘मड्रिड डर्बी’मा उपलब्ध हुने

Neuro
प्रतिबन्धबाट जोगिए स्वारेज, ‘मड्रिड डर्बी’मा उपलब्ध हुने

विराटनगर / एथ्लेटिको मड्रिडका फरवार्ड लुइस स्वारेज ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’मा उपलब्ध हुने भएका छन् । आइतबार राति भिल्लारियलसँगको खेलमा पहेँलो कार्ड खानबाट जोगिएका स्वारेज रियल मड्रिडविरुद्धको खेलमा उपलब्ध हुने निश्चित भएको हो ।

cura insider

गए राति स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले भिल्लारियलमाथि २–० गोलको जित निकालेको थियो । आइतबार राति भिल्लारियलको मैदानमा एथ्लेटिकोलाई जिताउन जाओ फेलिक्सले एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । भिल्लारियलका अल्फोन्सो पेड्राजाले आफ्नै पोस्टमा गोल गरेका थिए ।

सो खेलमा स्वारेज ७६ मिनेटसम्म मैदानमा थिए । तर, ७६औँ मिनेटमा मुख्य प्रशिक्षक डिएगो सिमोनले उनलाई बाहिर निकाल्दै उनको स्थानमा गोफ्रेलाई मौका दिएका थिए । र, यस खेलमा पहेँलो कार्ड खानबाट जोगिएका स्वारेजले आगामी आइतबारको मड्रिड डर्बी खेल्ने पक्का भएको छ ।

यदि, भिल्लारियलसँगको खेलमा पहेँलो कार्ड पाएका थिए भने स्वारेजले पाएको पहेँलो कार्डको सङ्ख्या पाँच हुनेथियो । र, उनीमाथि एक खेलको प्रतिबन्ध लाग्ने पक्का थियो ।

स्वारेजले यस सिजनको ला लिगामा २१ खेल खेल्दा १६ गोल र दुई असिस्ट गरेका छन् । एथ्लेटिकोले भने २४ खेलमा ५८ अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा पाँच अङ्कले अगाडि छ । एथ्लेटिकोभन्दा बार्सिलोनाले एक खेल बढी खेलेको छ ।

jackson ribon