birat ribon

भिटामिन–डीको अभावले पुरुषलाई नपुङ्सकसमेत बनाउन सक्छ

Neuro
भिटामिन–डीको अभावले पुरुषलाई नपुङ्सकसमेत बनाउन सक्छ

विराटनगर / अस्वस्थकर खाना र जीवनशैलीका कारण जीवन नराम्ररी प्रभावित भएको छ ।

cura insider

जसको कारणले तनाव, चिन्ता र शरीरमा विभिन्न रोग लाग्ने गर्छ । यसले यौन जीवनमा पनि प्रभाव पार्छ । इरेक्टाइल डिसफङ्सन पुरुषहरूमा पाइने एक यौन समस्या हो । यस रोगमा, पुरुषहरूले यौन सम्पर्कको समयमा लिङ्ग उत्तेजित नभएको गुनासो गर्छन् । जसका कारण पर्याप्त उत्तेजना नभएर यौन सुख प्राप्त नहुन सक्छ । यस समस्याले पुरूषको यौन क्षमता कम गर्नुका साथै तिनीहरूलाई नपुङ्सक पनि बनाउन सक्छ ।

इरेक्टाइल डिसफङ्सनका हुने कारण छन् । मृगौला रोग, मुटुको समस्या, मोटोपना, तनाव, डिप्रेसन, मधुमेह धुम्रपान, मदिरा वा लागुपदार्थको प्रयोगका कारण पनि इरेक्टाइल डिसफङ्सन हुने मुख्य कारण हुन् । यसले शरीरमा पाइने टेस्टोस्टेरोनको स्तरमा कमी ल्याउँछ जसले अङ्गलाई सिथिल बनाएर इरेक्टाइल डिसफङ्सन निम्त्याउँछ ।

यी रोगका साथै भिटामिन–डीको अभाव पनि यसको प्रमुख कारणहरूमध्ये एक हो । भिटामिन–डीले शरीरमा रक्तसञ्चार सन्तुलन गर्ने काम गर्छ । यौन सम्पर्कको क्रममा रक्तसञ्चारमा भएको वृद्धिले आवश्यक इरेक्सन उत्पादन गर्छ । भिटामिन–डीले रक्तसञ्चारमा हुने अभावलाई छिटो सन्तुलनमा राख्न मद्दत गर्छ ।

‘नेचर’ जर्नलमा प्रकाशित भिटामिन–डी र इरेक्टाइल डिसफङ्सन नामक अनुसन्धानमा शरीरमा भिटामिन–डीको कमी इरेक्टाइल डिसफङ्सनको कारण हुनसक्ने सम्भावना व्यक्त गरेको छ । भिटामिन–डीको अभाव इरेक्टाइल डिसफङ्सनबाट ग्रस्त अधिकांश व्यक्तिहरूको शरीरमा पाइएको अध्ययनले देखाएको हो । स्वभाविक रूपमा भिटामिन–डी सजिलैसँग सूर्यको किरणबाट पाइन सकिन्छ ।

यसबाहेक, दुध, माछा, अण्डालगायतका केही खानाले पनि भिटामिन डीको कमी पूरा गर्न सक्छ । शरीरमा भिटामिन–डीको अभाव आवश्यकभन्दा बढी भएमा यसको औषधि पनि सेवन गर्न सकिन्छ । यसका साथै जीवनशैली र खानपानमा परिवर्तन गरी, पर्याप्त निद्रा प्राप्त गरेर, तनाब हटाएर, योग र व्यायाममा ध्यान दिएर पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ । इरेक्टाइल डिसफङ्सनको समस्या हुन नदिनका लागि धुम्रपान र मदिरापानलाई पनि त्याग्नुपर्ने हुन्छ ।

jackson ribon