birat ribon

ज्यान मुद्दाका फरार पक्राउ

Neuro
ज्यान मुद्दाका फरार पक्राउ

विराटनगर / मोरङको बेलबारी–५ कसेनीस्थित लोहन्द्रा पुलमा गत भदौमा स्थानीय चन्द्रकुमार राईको हत्या गरी फरार भएका एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

cura insider

राईको हत्या गरी फरार रहेका ग्रामथान–४, मोतीपुरका ३८ वर्षीय ओमनारायण धामीलाई मोरङ प्रहरीको टोलीले आइतबार साँझ बूढीगङ्गा–२, बाइपासरोडबाट पक्राउ गरेको हो ।

गत भदौ १२ गते लोहन्द्रा पुलमा सामान्य विवाद हुँदा धामीसहित स्थानीय जितेन चौधरी, दिनेश श्रेष्ठ र सन्तोष मगरसमेतले चन्द्रकुमार राई, सईकुमार राई, समुन्द्र राई र गौरव राईलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए । घटनामा गम्भीर घाइते भएका चन्द्रकुमारको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको थियो ।

jackson ribon