birat ribon

बार्सिलोनालाई उछिन्ने दाउमा रियल मड्रिड

Neuro
बार्सिलोनालाई उछिन्ने दाउमा रियल मड्रिड

विराटनगर / स्पेनिस ला लिगामा आज साविक विजेता रियल मड्रिडले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने उक्त खेल रियलको मैदानमा हुनेछ ।

cura insider

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । त्यसबाहेक आज रियल बार्सिलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिने दाउमा छ ।

हाल २४ खेल खेलेको ऊ ५२ अङ्कसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनासँग ५३ अङ्क छ । बार्सिलोनाले रियलको भन्दा एक खेल बढी खेलेको छ ।

रियलका प्रतिद्वन्द्वी सोसिडाड भने ४१ अङ्कका साथ पाँचौँ स्थानमा छ । आज ऊ रियललाई उसैको मैदानमा हराउँदै शीर्ष क्लबविरुद्धको अङ्क दूरी घटाउने दाउमा हुनेछ ।

jackson ribon