birat ribon

कोरोनाको सङ्क्रमणबाट लिभरलाई बचाउन ध्यान दिनुपर्ने कुरा

Neuro
कोरोनाको सङ्क्रमणबाट लिभरलाई बचाउन ध्यान दिनुपर्ने कुरा

विराटनगर / कोरोना भाइरसको सङ्क्रमणले शरीरका विभिन्न भागमा नराम्रोसँग असर गर्छ ।

cura insider

कोभिडको सङ्क्रमणका कारण अस्पतालमा भर्ना भएका ठूलो सङ्ख्याका बिरामीलाई कलेजो कार्य परीक्षण गर्दा देखिएको नतिजा राम्रो छैन । कभिड १९ सङ्क्रमणबाट कलेजोको कोष बिग्रिएको वा सङ्क्रमणको उपचार गर्नका लागि प्रयोग गरिने औषधिहरूको परिणाम परीक्षण गर्दा देखिएको हो । कोभिडको सङ्क्रमणका कारण कलेजोमा कुनै पनि स्थायी क्षति हुँदैन र मानिस रोगबाट मुक्त हुन्छन् ।

कोभिडको सङ्क्रमणका कारण कलेजोमा भएको क्षति अस्थायी हो र सङ्क्रमण निको भएपछि समयसँगै कलेजो आफ्नो मूल अवस्थामा फर्कन सक्छ । मधुमेह, मुटुको समस्या र मृगौला रोगले कोभिडको सङ्क्रमण भएका मानिसहरूलाई गम्भीर रोग र मृत्युको जोखिम बढाउँछ । कलेजोमा बोसो जम्ने समस्या जस्ता सामान्य कजेलोको रोगले गम्भीर कोभिडको सङ्क्रमणको जोखिम बढाउँदैन ।

तर, कलेजोको गम्भीर क्षति वा सिरोसिसको समस्या भएको बिरामीहरूमा कोभिड भएमा मृत्युदरको जोखिम ५० प्रतिशतसम्म बढ्न सक्छ । यो अन्य कारकहरूमा पनि निर्भर गर्छ । कलेजोको रोगलगायत पहिलादेखि शरीरमा भएको रोगहरूको उचित उपचारले गम्भीर कोभिडको सङ्क्रमण हुने सम्भावना कम हुन्छ । चिकित्सकहरूको सल्लाहअनुसार औषधिको सेवन गर्नु पर्छ ।

कोरोना भाइरसका कारण कलेजोको विफलताको कुनै पनि केस अहिलेसम्म कुनै पनि देशबाट रिपोर्ट गरिएको छैन । तर, यसका कारण हेरचाहमा ध्यान नदिनाले समस्या थप खराब हुन सक्छ । भाइरस सर्नबाट आफूलाई जोगाउने उत्तम उपाय भनेको यसको रोकथामका उपायहरू अपनाउनु हो । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडबाट जोगिने, सेनिटाइजर बारम्बार प्रयोग गर्ने र भेन्टिलेसन नभएको ठाउँमा जानबाट जोगिनुपर्छ ।

साथै कलेजोलाई स्वस्थ राख्नका लागि रक्सीको सेवन कम गर्ने, कीटाणुनाशक र विषाक्त पदार्थ हटाउन तरकारी र फललाई राम्ररी धुएर मात्र सेवन गर्ने, हेपेटाइटिस ए र बीबाट बच्नका लागि खोप लगाउने गर्नुपर्छ । साथै, रातो मासु, बोसो चिल्लो खानेकुरा, जङ्क फुड, फ्राइड तथा तेलमा तारेको खानेकुरा, कोकाकोला, फेन्टालगायतका कार्बोनेटेड पेयपदार्थको सेवन बन्द गरेर सागसब्जी तथा फलफूलमा जोड दिएर शारीरिक सक्रियता, व्यायाम आदि गर्दा कलेजो बिस्तारै स्वस्थ हुँदै जान्छ ।

jackson ribon