विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बुधबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
सोमबार बसेको सचिवालयको बैठकले बुधबारका लागि केन्द्रीय कमिटी बैठक बोलाउन निर्णय गरेको हो ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक पनि बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकको मिति तोकिए पनि स्थायी कमिटी बैठकको मिति तोकिएको छैन ।