birat ribon

टाउको दुखाइका तीन मुख्य प्रकार

Neuro
टाउको दुखाइका तीन मुख्य प्रकार

विराटनगर / विभिन्न कारणले गर्दा समय–समयमा टाउको दुख्ने अनुभव गर्नु सामान्य मानिन्छ ।

cura insider

तर, टाउको दुखाइले दैनिक गतिविधिहरूमा हस्तक्षेप गर्न थाल्दा यसले समस्या निम्त्याउन सक्छ । नियमित रूपमा टाउको दुखाइलाई अनुभव गर्दा यसलाई दीर्घकालीन टाउको दुखाइ भनिन्छ । यसमा हल्कादेखि गम्भीर दुखाइ अनुभव हुने हुन्छ जुन कहिले पनि पूर्ण रूपमा निको हुँदैन । अधिकांश व्यक्तिले यसलाई सामान्य मान्ने गर्छन् तर टाउको दुखाइ एकदमै जटिल समस्या हुनसक्छ ।

टाउको दुखाइका पनि विभिन्न प्रकार, लक्षणहरू, ट्रिगर र विभिन्न उपचार हुन्छन् । टाउको दुखाइको समस्याबाट समाधान पाउनका लागि टाउको दुखाइका विभिन्न प्रकारको राम्रो ज्ञान प्राप्त गर्नु महत्त्वपूर्ण हुन्छ । टाउको दुखाइका धेरै प्रकारमध्ये तीन मुख्य यस्ता छन् :

दीर्घकालीन तनावको टाउको दुखाइ : टाउको दुखाइका प्रकारमध्ये तनावको कारणले दुख्ने टाउको सबैभन्दा सामान्य प्रकार हो । यो निधारमा मांसपेशीको संकुचनका कारण हुन्छ । तनावका कारण भएको टाउको दुखाइ टाउकोको सम्पूर्ण भागमा हुनुका साथै हल्कादेखि मध्यम हुन्छन् । यसले माइग्रेनको समस्या जस्तै दैनिक जीवनमा हस्तक्षेप गर्दैन । चर्को आवाज, धुँवा र उपकरणको उज्यालो निलो स्क्रिनले तनावका कारण हुने टाउको दुखाइ निम्त्याउन सक्छ । शरीरमा पानीको कमी पनि टाउको दुखाइको एक कारण हुन सक्छ । यस प्रकारको टाउको दुखाइलाई कम गर्नका लागि पर्याप्त पानी पिउने तथा लगातारको आफ्नो कामबाट विश्राम लिनु जरुरी हुन्छ ।

दीर्घकालीन माइग्रेन : माइग्रेनले निम्त्याएको टाउको दुखाइ प्रायः टाउकोको एक भागमा मात्र महसुस हुन्छ । यो आनुवंशिक समस्या हो जुन प्रायः न्यूरोट्रान्समिटरको डिसरेगुलेसन, सुजन र मस्तिष्कको गतिविधिका कारण हुन्छ । माइग्रेनको टाउको दुखाइबाट पीडित व्यक्तिहरूले पीडादायी दुखाइ अनुभव गर्छन्, जुन केही दिनका लागि रहन सक्छ । माइग्रेनले प्रकाश, ध्वनि र गन्धका लागि संवेदनशीलता बढाउँछ । यो सामान्यतया एपिसोडिक डिसअर्डर (पटक–पटक भइरहने) हो र जीवनशैलीका कारण पनि हुनसक्छ । दुखाइको अवस्थालाई व्यवस्थापन गर्न टाउको दुखाउन सक्ने कारकका बारेमा जानकारी राखेर ती कुराबाट बच्न प्रयास गर्नुपर्छ ।

क्याफिनका कारण टाउको दुखाइ : क्याफिनको कारणले हुने टाउको दुखाइ अत्यधिक क्याफिनको सेवनले गर्दा हुन्छ । कफीमा हुने क्याफिनले दिमागमा रगतको प्रवाहलाई असर गर्छ । एक दिनमा क्याफिनको अत्यधिक सेवनले टाउको दुख्न सक्छ र यो बानीलाई अचानक छोड्दा पनि नकारात्मक प्रभाव हुन सक्छ । धेरैजसो माइग्रेन भएका व्यक्ति क्याफिनका कारण पीडित भइरहेका हुन्छन् । सय प्रकारको टाउको दुखाइलाई रोक्नका लागि क्याफिनको सेवनमा घ्यान दिनुपर्छ । दुई सय ५० मिलिलिटर कफी दिनमा दुई पटकसम्म पिउनु पनि पर्याप्त हुन्छ ।

jackson ribon