विराटनगर / ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरले लर्डबुद्ध कलेजसँगको सहकार्यमा आयोजना गरेको एक साता लामो ट्राफिक सचेतना तथा सरसफाइ अभियान समापन गरेको छ ।
फागुन ९ गतेबाट सुरु भएको कार्यक्रम समापन भएको हो । ‘सडक दुर्घटनाबाट बचौँ, सदैव सचेत रहौँ’ भन्ने अभियानका साथ विद्यार्थीले विराटनगरको विभिन्न चोकमा पैदल यात्री, फुटपाथ व्यापारी, सिटी तथा अटो सवारीचालक तथा ठूला–साना गाडीका सवारीचालकका निम्ति ट्राफिक नियम तथा सचेतनाबारे जानकारी गराएका थिए ।
सचेतना तथा सरसफाइमा विद्यार्थीको सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह भएको कलेजका प्रिन्सिपल सरोज भट्टराईले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी निरीक्षक चन्द्र खड्काले कलेजको सहकार्यमा सडक सचेतना सञ्चालन गर्न सकिएको बताए ।