birat ribon

चलचित्रको प्रभावबारे धरानमा अन्तर्क्रिया

Neuro
चलचित्रको प्रभावबारे धरानमा अन्तर्क्रिया

विराटनगर / धरानमा ‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

cura insider

चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना रहको कार्यक्रम प्रमुख अतिथि नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, विशिष्ट अतिथि निर्देशक समाजका महासचिव जनकदीप पराजुली र महिला निर्देशक दीपा बस्नेतको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले गरेको कामको चर्चा काठमाडौँमा हुने गरेको बताए । उनले भने, ‘प्रदेश नम्बर एकमा चलचित्र महासङ्घ जहिलेदेखि खुलेको छ, त्यस दिनदेखि कुनै न कुनै काम गरिरहेको छ । त्यसले गर्दा केन्द्रमा पनि पूर्वमा यस्तो हुन लाग्यो– उस्तो हुन लाग्यो चर्चा भइरहेको छ ।’

यस्तै कार्यक्रममा बोल्दै महिला निर्देशक दीपा बस्नेतले राम्रो चलचित्र बनाएर सफलता पाउनु छ भने अरुको आस गर्ने होइन । हाम्रो आफ्नै घर–घरमा कथा छ, व्यक्ति–व्यक्तिमा कथा छ, माटो सुहाउँदो कथा हामीसँगै छ ।’ यसलाई चिनेर राम्रो चलचित्र बनाउपर्ने उनले बताइन् ।

चलचित्रकर्मी महासङ्घका प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानको अध्यक्षता रहेको कार्यक्रममा चलचित्र निर्देशक–निर्मातादेखि मोडल, हल सञ्चालक, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

jackson ribon