birat ribon

पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Neuro
पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर / कुनै पनि उल्लेखनीय मौसमी प्रणाली तत्काल नभएको नेपालमा यतिबेला चिसो कम भएर गर्मी सुरु भएको छ ।

cura insider

तर पनि मौसममा फेरबदल हुने क्रम भने जारी छ । बेलाबेला बाक्लो हुस्सु लाग्ने क्रम चलिरहेको छ । मौसम खुलेर घाम लाग्दा निक्कै गर्मीको महसुस हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रहेको छ । आज (सोमबार) दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै, आज राति प्रदेश १ गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

jackson ribon