birat ribon

म्यानमारमा प्रहरीको दमन, गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

Neuro
म्यानमारमा प्रहरीको दमन, गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

विराटनगर / सैनिक कू विरुद्ध म्यानमारमा भइरहेको प्रदर्शनमा प्रहरीले दमन गर्ने क्रम बढाएर लगेको छ ।

cura insider

विभिन्न मुलुकले सैनिक कू को विरोध गरिरहे पनि त्यहाँको प्रहरीले भने प्रदर्शन दबाउन अत्याधिक बल प्रयोग गरिरहेको छ । पछिल्लो दमन र बल प्रयोगका क्रममा प्रदर्शनमा उत्रिएका १८ जनाको गोली लागेर ज्यान गएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले कम्तीमा १८ जना मारिएको म्यानमारको घटनलाई सैनिक कू विरुद्धको प्रदर्शनका क्रममा भएको बल प्रयोगलाई अहिलेसम्मकै घातकु भनेको छ। प्रहरीले प्रदर्शनकारीमाथि आइतबार गोली चलाउँदा ठूलो रहसंहार भएको हो ।

प्रहरीले गोली र अश्रुग्यास प्रहार गर्दा याङ्गुन लगायतका सहरमा मानिसहरू मारिएको विवरणहरूमा जनाइएको छ। सुरक्षाकर्मीहरू प्रदर्शनविरुद्ध शनिबारदेखि कडा रूपमा प्रस्तुत हुन थालेका छन्।

फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएयता म्यानमारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् । प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाइएको छ।

निर्वाचनमा उनको दलले अत्याधिक बहुमत प्राप्त गरेपछि नेताहरुलाई नियन्त्रणमा लिएर नजरबन्दमा राख्दै सेनाले शासनसत्ता हातमा लिएको हो । सामाजिक सञ्जालहरूमा आएका भिडिओ फुटेजहरूमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिन्छ। बाटो छेक्न अवरोधहरू खडा गरिएको र मानिसहरू रगतमा लतपतिएको देखिन्छ।

सैनिक कू विरुद्ध भइरहेका प्रदर्शन रोक्न नेताहरूले आग्रह गरे पनि त्यसको कुनै सङ्केत नदेखिएपछि प्रहरी कारबाही आइतबार विस्तार गरिएको हो। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।

उसले आइतबारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ। प्रवक्ता रविना शमदासनीका अनुसार म्यानमारका जनतालाई शान्तिपूर्ण रूपमा भेला हुन पाउने र प्रजातन्त्रको पुनर्बहालीको माग गर्न पाउने अधिकार छ । अहिंसक प्रदर्शनकारीविरुद्ध घातक हतियारको प्रयोगको औचित्य अन्तर्राष्ट्रिय मानवअधिकार मान्यता अन्तर्गत कहिल्यै पुष्टि हुन सक्दैन ।

एक जना प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताए। समाचार संस्था रोयटर्ससँग गरेको कुराकानीमा न्यान वीन शेनको दृढता छ, उनीहरूले दबाउन खोजे हामी उठ्छौँ, उनीहरूले आक्रमण गरे हामीले प्रतिरक्षा गर्छौँ, सेनाको बुटका अगाडि हामीले कहिल्यै घुँडा टेक्दैनौँ ।

प्रदर्शन सुरु भएयता कैयौँ मानिस पक्राउ परेका छन्। तर त्यसबारे पुष्टि गरिएको छैन। राजनीतिक बन्दीहरूको अनुगमन गर्ने एउटा संस्थाका अनुसार त्यो सङ्ख्या आठ सय ५० रहेको बताएको छ। तर यो हप्ता थप सयौँ गिरफ्तार भएको देखिएको छ।

jackson ribon