birat ribon

फेवा तालको नयाँ क्षेत्रफल सार्वजनिक

Neuro
फेवा तालको नयाँ क्षेत्रफल सार्वजनिक

विराटनगर / गण्डकी प्रदेश सरकारको सिफारिसमा पुण्य पौडेलको संयोजकतत्वमा गठित समितिले फेवा तालको क्षेत्रफल ५.७२६ वर्गकिमि निक्र्योल गरेको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पौडेल संयोजकत्वको प्रतिवेदनमा उल्लेख भएको नयाँ क्षेत्रफल सार्वजनिक गरेका हुन्। फेवा तालबारे गरिएका दर्जन अध्ययनभन्दा बेग्लै तथ्यांक पछिल्लो समितिले निकालेको छ।

cura insider

फेवा ताल संरक्षण गर्न सीमा कहाँ हो भन्ने यकिन नभएका बेला सीमा निर्धारण र नक्सांकन हुनु ऐतिहासिक उपलब्धि भएको मुख्यमन्त्री गुरुङले बताए। ‘संरक्षणकै लागि सीमांकन भयो, नक्सांकन भयो। अब संरक्षण पनि हुन्छ’, मुख्यमन्त्री गुरुङले भने।

समितिका सदस्यसचिव गौतमले वैज्ञानिक आधारमै क्षेत्रफल निर्धारण र नक्सांकन गरिएको दाबी गरे। गौतमका अनुसार तालको अहिलेसम्मको अध्ययन, वैज्ञानिक आधार, प्रमाणका आधारमा क्षेत्रफल तयार पारिएको हो। सबै अध्ययन, प्रतिवेदनलाई केलाएर त्यसबाट वैज्ञानिक हुने क्षेत्रफल कायम गर्न समितिले सिफारिस गरेको संयोजक पौडेलले बताए।

समितिले तालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी—चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसोपानी रानी वन कायम गर्ने निर्णय गरेको छ। तालको तल्लो तटीय क्षेत्र (ड्यामसाइड, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतरा, सेदी, खपौंदी, लामीडाँडा, अनदु समेतको क्षेत्र)मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मान्ने उल्लेख छ। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon