birat ribon

अविश्वासको प्रस्ताव पास गरेर देखाउन ओलीको चुनौती

Neuro
अविश्वासको प्रस्ताव पास गरेर देखाउन ओलीको चुनौती

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव ल्याउँदै आफूलाई हटाएर देखाउन नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई चुनौती दिएका छन् ।

संसद पुर्नस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएर देखाउन उनले चुनौती दिएका हुन् । आफूलाई कसैले मुद्दा जितादिएर कसैले प्रधानमन्त्री नबनाइ नेपाली जनताले मतदान गरेर बनाएकाले जनातको आर्शिवाद रहुनजेल कसैले हटाउन नसक्ने बताए ।

cura insider

संसद पुर्नस्थापना भइसकेपछि प्रधामन्त्री हटाउन बिभिन्न नेताका घर ढोका चाहार्न थालेको उल्लेख गर्दै ओलीले अब कुन प्रक्रिया र कुन बाटोबाट प्रधानमन्त्री हटाउने हो हटाएर देखाउन चुनौती दिएका हुन् । संसाद पुर्नस्थापना गरी अदालतबाट जितेर ल्याएको हो भने अविश्वासको प्रस्ताव ल्याएर पास गराउन उनको चुनौती छ ।

पहिला पनि अविश्वासको प्रस्तावबाट नै हटाइएको र पछि जनताले चुनेर पठाएकाले अब पनि हहटाउन प्रकृया बिधिबाट आउन सुझाव दिए । आइतबार झापाको दमक, कमल र गौरादह क्षेत्रमा स्थापना गर्न लागिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापना भएर राम्रो भएको बताए ।

पुर्नस्थापना हुनासाथ केही नेता नयाँ प्रधानमन्त्री खोज्दै हिँडेको उनले बताए । यस अर्थमा आफूले पञ्चायतदेखि नै केही गल्ती नगर्दा पनि मुद्दा खेप्दै हार्दै आएको प्रसंग उल्लेख गर्दै अदालतले हराए पनि जनताले जिताइन्जेल कसैको केही नलाग्ने बताए । उनले लामो संर्घष र बलिदानबाट ल्याइएको लोकतन्त्रलाई तलमाथि हुन नदिने बताए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon