birat ribon

एथ्लेटिकोको जित, बार्सिलोनाभन्दा पाँच अङ्कले अगाडि

Neuro
एथ्लेटिकोको जित, बार्सिलोनाभन्दा पाँच अङ्कले अगाडि

विराटनगर / स्पेनिस ला लिगामा लिग लिडर एथ्लेटिको मड्रिडले भिल्लारियलमाथि जित निकालेको छ । आइतबार राति भिल्लारियलको मैदानमा एथ्लेटिकोले २–० गोलको जित निकालेको हो ।

cura insider

एथ्लेटिकोको जितमा जाओ फेलिक्सले एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । खेलको २५औँ मिनेटमा भिल्लारियलका अल्फोन्सो पेड्राजाले आफ्नै पोस्टमा गोल गरेपछि एथ्लेटिकोले अग्रता बनाएको थियो ।

६९औँ मिनेटमा जाओ फेलिक्सले गोल गर्दै एथ्लेटिकोलाई २–० गोलको जित दिलाए ।

जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले २४ खेलमा ५८ अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको बार्सिलोनाभन्दा पाँच अङ्कले अगाडि छ । एथ्लेटिकोभन्दा बार्सिलोनाले एक खेल बढी खेलेको छ ।

भिल्लारियल भने ३७ अङ्कका साथ सातौँ स्थानमा छ ।

jackson ribon