birat ribon

साविक विजेता लिभरपुल विजयी

Neuro
साविक विजेता लिभरपुल विजयी

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल विजयी भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडमाथि २–० गोलको जित दर्ता गराएको हो ।

cura insider

शेफिल्डको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४८औँ मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

६४औँ मिनेटमा किन ब्रयानले आत्मघाती गोल गरेपछि पाहुना टोली लिभरपुल २–० गोलले विजयी भयो ।

जितसँगै छैटौँ स्थानको लिभरपुलले २६ खेलमा ४३ अङ्क जोडेको छ । शेफिल्ड भने ११ अङ्कका साथ पुछारमा छ ।

jackson ribon