birat ribon

रोमाको मैदानमा मिलानको जित

Neuro
रोमाको मैदानमा मिलानको जित

विराटनगर / इटालियन ला लिगामा एसी मिलानले रोमामाथि जित निकालेको छ । आइतबार राति मिलानले रोमालाई उसैको मैदानमा २–१ गोलले हराएको हो ।

cura insider

मिलानको जितमा फ्रान्क केसे र एन्टे रेबिकले समान एक–एक गोल गरे । रोमाका जोर्डान भेरेटटले एक गोल फर्काए ।

खेलको ४३औँ मिनेटमा केसेले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाए । ५०औँ मिनेटमा भेरेटटले गोल गर्दै रोमालाई बराबरीमा फर्काए । तर ५८औँ मिनेटमा रेबिकले गोल गर्दै मिलानको जित सुनिश्चित गरे ।

जितसँगै दोस्रो स्थानको मिलानले २४ खेलमा ५२ अङ्क जोडेको छ । ऊ इन्टर मिलानभन्दा चार अङ्कले पछि छ । रोमा भने ४४ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

jackson ribon