birat ribon

इन्टरलाई सात अङ्कको अग्रता

Neuro
इन्टरलाई सात अङ्कको अग्रता

विराटनगर / इटालियन सिरी ‘ए’मा इन्टर मिलानले सात अङ्कको अग्रता बनाएको छ । आइतबार राति आफ्नै मैदानमा इन्टरले जेनोआमाथि ३–० गोलको सहज जित निकालेको हो ।

cura insider

सान सिरोमा इन्टरलाई जिताउन रोमेलु लुकाकु, माट्टओ डर्मियान र एलेक्सिस सान्जेजले समान एक–एक गोल गरे । लुकाकुले खेलको पहिलो मिनेटमा नै गोल गर्दै इन्टरलाई अग्रता दिलाए ।

६९औँ मिनेटमा डर्मियानले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । ७७औँ मिनेटमा सान्चेजले गोल गर्दै इन्टरले ३–० गोलको जित दिलाए ।

जितसँगै शीर्ष स्थानको इन्टरले २४ खेलमा ५६ अङ्क बनाएको छ । जेनोआ भने २६ अङ्कका साथ १३औँ स्थानमा छ । दोस्रो स्थानको मिलानसँग ४९ अङ्क छ । उसले इन्टरभन्दा एक खेल कम खेलेको छ ।

jackson ribon