birat ribon

बेलको दुई गोलमा टोटनह्यामको शानदार जित

Neuro
बेलको दुई गोलमा टोटनह्यामको शानदार जित

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले बर्न्लीमाथि शानदार जित निकालेको छ । आइतबार राति टोटनह्यामले आफ्नै मैदानमा बर्न्लीलाई ४–० गोलले हराएको हो ।

cura insider

टोटननह्यामको जितमा ग्यारेथ बेलले दुई गोल गरे भने कप्तान ह्यारी केन र लुकास मौराले समान एक–एक गोल गरे । खेलको दोस्रो मिनेटमा बेलले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।

८६ सेकेन्डमा सन् हिउङ मिनको पासमा गोल गर्दै बेल प्रिमियर लिगको इतिहासमा बर्न्लीविरुद्ध सबैभन्दा छिटो गोल गर्ने खेलाडी बने ।

खेलको १५औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । ३१औँ मिनेटमा मौराले गोल गरेपछि पहिलो हाफभरि टोटनह्यामले ३–० गोलको अग्रता बनायो ।

५५औँ मिनेटमा बेलले दोस्रो गोल गर्दै टोटनह्यामलाई ४–० गोलको जित दिलाए । यससँगै प्रिमियर लिगमा उनले आठ वर्षपछि एकै खेलमा दुई गोल गरे ।

जितसँगै टोटनह्याम आठौँ स्थानमा उक्लिएको छ । उसले २५ खेलमा ३९ अङ्क बनाएको छ । बर्न्ली भने २८ अङ्कका साथ १५औँ स्थानमा छ ।

jackson ribon