birat ribon

बर्न्लीविरुद्ध बेलको सर्वाधिक छिटो गोल

Neuro
बर्न्लीविरुद्ध बेलको सर्वाधिक छिटो गोल

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परका फरवार्ड ग्यारेथ बेलले बर्न्लीविरुद्ध सर्वाधिक छिटो गोल गरेका छन् । आइतबार बर्न्लीविरुद्ध वेल्सका स्टार बेलले ८६ सेकेन्डमा गोल गरेका थिए ।

cura insider

सन् हिउङ मिनको पासमा गोल गर्दै बेलले यो कीर्तिमान बनाएका हुन् । यस गोलसँगै बेल प्रिमियर लिगको इतिहासमा बर्न्लीविरुद्ध सबैभन्दा छिटो गोल गर्ने खेलाडी बने ।

बर्न्लीविरुद्धको खेलमा बेलले दुई गोल गरे । उनले खेलको ५५औँ मिनेटमा दोस्रो गोल गरेका थिए । प्रिमियर लिगमा उनले आठ वर्षपछि एकै खेलमा दुई गोल गरेका हुन् ।

jackson ribon