birat ribon

इपिएल असोजमा हुने

Neuro
इपिएल असोजमा हुने

विराटनगर / चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट आगामी असोजमा आयोजना हुने भएको छ । आयोजक इपिएल क्रिकेटले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता असोज ९ गतेदेखि २३ गतेसम्म हुने जनाएको छ ।

cura insider

ईपीएलको यस मितिलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले समेत स्वीकृति दिएको छ । चौथो संस्करणको प्रतियोगिता यसअघि चैत १ गतेदेखि १५ गतेसम्म हुने तय भएको थियो । तर कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।

अब भने इपीएल अर्को वर्ष असोजमा गर्ने आयोजकले जनाएको हो । गत वर्ष लिग रोकिनुअघि विश्व चर्चित खेलाडीहरू वेस्ट इन्डिजका क्रिस गेल, श्रीलङ्काका उपुल थरङ्गा, आयरल्याण्डका केभिन ओ ब्रायन, केस्रिक विलियम्स, जर्ज मुन्से, केभिन ओ ब्रायन जस्ता चर्चित खेलाडीले खेल्ने तय भएको थियो ।

प्रतियोगितामा छ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रियट्ससँगै काठमाडौँ किङ्ग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले सहभागिता जनाउनेछन् ।

jackson ribon