birat ribon

प्रधानमन्त्रीले ओलीले सोमबार पोखरा रङ्गशालाको निरीक्षण गर्ने

Neuro
प्रधानमन्त्रीले ओलीले सोमबार पोखरा रङ्गशालाको निरीक्षण गर्ने

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा रङ्गशालाको निरीक्षण गर्ने भएका छन् ।

cura insider

पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउने प्रधानमन्त्री ओलीले रङ्गशाला पनि निरीक्षण गर्ने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने उनले बताए ।

सिलवालले राष्ट्रिय खेलकूद परिषद्को संरक्षक रहेका प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

jackson ribon