विराटनगर / रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक अलेक्सी नभाल्नीलाई मस्कोबाट २०० किलोमिटर पूर्वमा रहेको पूर्व भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको रूसी कैदीको मानव अधिकार अनुगमनकारी संस्थाले आइतबार जनाएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनको प्रभाबशाली विपक्षी नेता नाभाल्नीलाई जर्मनीबाट करिब पाँच महिनाको उपचारपछि स्वदेश फर्किएपछि राज्यसँग उनले गरेको प्रतिवद्धतालाई उल्लङ्घन गरेको अभियोगमा रूसी अदालतबाट यसै महिना २.५ वर्षको जेल सजाय तोकिएको थियो ।
फेडरल जेल सर्भिसका प्रमुखले शुक्रबारका नाभाल्नीलाई मस्कोको एक जेलबाट ‘पेनल कालोनी’मा सारिएको जानकारी दिएका छन् ।