birat ribon

लेइस्टरको मैदानमा आर्सनलको जित

Neuro
लेइस्टरको मैदानमा आर्सनलको जित

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले लेइस्टर सिटीलाई उसैको मैदानमा हराएको छ । आइतबार आर्सनलले लेइस्टरमाथि ३–१ गोलको जित निकालेको हो ।

cura insider

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको छैटौँ मिनेटमा योरी टाइलेमान्सले गोल गर्दै लेइस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

३९औँ मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा एलेक्जान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

५२औँ मिनेटमा निकोलास पेपेले गोल गरेपछि आर्सनल ३–१ गोलले विजयी भयो ।

जितसँगै दसौँ स्थानको आर्सनलले २६ खेलमा ३७ अङ्क जोडेको छ । लेइस्टर भने ४९ अङ्कका साथ तेस्रो स्थानमा छ ।

jackson ribon