birat ribon

युभेन्टससँग अटलान्टाको अङ्क बराबरी

Neuro
युभेन्टससँग अटलान्टाको अङ्क बराबरी

विराटनगर / इटालियन सिरी ‘ए’मा अटलान्टाले साविक विजेता युभेन्टससँग अङ्क बराबरी गरेको छ । आइतबार साम्पोडोरियामासथ २–० गोलको जित निकाल्दै अटलान्टाले तेस्रो स्थानमा रहेको युभेन्टससँग अङ्क बराबरी गरेको हो ।

cura insider

चौथो स्थानको अटलान्टाले २४ खेलमा ४६ अङ्क जोडेको छ । अटलान्टाभन्दा एक खेल कम खेलेको युभेन्टससँग समान अङ्क छ । गोलान्तरको आधारमा युभेन्टस तेस्रो स्थानमा छ ।

साम्पोडोरियाको मैदानमा अटलान्टालाई जिताउन रुस्लान मालिनोस्की र रोबिन गोसेन्सले समान एक–एक गोल गरे । खेलको ४०औँ मिनेटमा मालिनोस्कीले गोल गर्दै अटलान्टालाई पहिलो हाफभरि अग्रता दिलाए ।

७०औँ मिनेटमा गोसेन्सले गोल गर्दै अटलान्टालाई २–० गोलले जिताए ।

jackson ribon