birat ribon

महाशिवरात्रिबाट पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

Neuro
महाशिवरात्रिबाट पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौँ / महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । कोरोना भाइरस महामारीका कारण नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।

cura insider

पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकामात्र खुला गरी दुई वटा लाइनबाट भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गराउने व्यवस्था मिलाइएको छ ।

तर, अब महाशिवरात्रिदेखि भने पशुपतिका चारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ । कोरोना महामारी जारी नै रहे पनि यस वर्ष पशुपतिनाथ मन्दिरमा आउनेजति भक्तजनलाई दर्शन गराउने गरी पशुपति क्षेत्र विकास कोषले तयारी सुरु गरेको छ ।

jackson ribon