birat ribon

साइक्लिङको उपाधि निर्दललाई

Neuro
साइक्लिङको उपाधि निर्दललाई

झापा / झापाको मेचीनगरमा आयोजित चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले जितेका छन् ।

cura insider

जेनियम युवा क्लब धुलाबारीले शनिबार आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा एक घण्टा २८ मिनेटमा पूरा गरी प्रथम उपाधि हात पारेका हुन् । केरुङ उपाधिसँगै ३५ हजार रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगितामा दोस्रो भएका ताप्लेजुङका आशिष गुरुङले एक घण्टा ३६ मिनेट र तेस्रो उपाधि हात पारेको ताप्लेजुङका प्रवीण राईले एक घण्टा ३८ मिनेटमा उक्त यात्रा पूरा गरे । दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ हात पारे ।

jackson ribon