birat ribon

अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

Neuro
अम्बे स्टील्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

विराटनगर / छड उत्पादक कम्पनी अम्बे स्टील्स्ले नुवाकोटमा आफ्ना डिलरहरूसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । फागुन १४ गते शुक्रबार सम्पन्न सम्मेलनमा अम्बे स्टील्स्का ब्रान्ड एम्बेसेडर वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

cura insider

वर्षौंदेखि ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवाहरूमा सुधार गर्दै अझै व्यापक
बनाउन केन्द्रित रहनुका साथै डिलरहरूबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनु यो सम्मेलनको उद्देश्य रहेको अम्बे स्टील्सले जनाएको छ ।

अम्बे स्टील्स्ले भैरहवा र नेपालगञ्जमा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा
बढी दैनिक एक हजार चार सय टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउँदै आएको जनाएको छ । यस कम्पनीबाट उत्पादित टिएमटी छड अन्तरार्ष्ट्रिय गुणस्तरको भएको कम्पनीको दाबी छ ।

jackson ribon