birat ribon

एपेन्डिसाइटिस हुँदा देखिने लक्षणहरू

Neuro
एपेन्डिसाइटिस हुँदा देखिने लक्षणहरू

विराटनगर / तल्लो पेटको दायाँपट्टि रहेको छोटो र पातलो थैलीलाई एपेन्डिक्स भनिन्छ । एपेन्डिसाइटिस एपेन्सिक्ड ब्लक हुँदा हुने रोग हो । एपेन्डिक्सको भित्तामा मल, सङ्क्रमण वा क्यान्सरले भएको अवरोध एपेन्डिसाइटिसको सम्भावित कारण हो ।

cura insider

एपेन्डिक्सको भित्तामा भएको अवरोधले एपेन्डिक सुन्निन थल्छ, जसकारण एपेन्डिसाइटिस हुन्छ । एपेन्डिसाइटिस जो कोहीलाई पनि हुनसक्छ । तर, विशेष गरी १० देखि ३० वर्ष उमेर समूहका मानिसमा एपेन्डिसाइटिस धेरै देखिएको पाइन्छ ।

एपेन्डिसाइटिस हुँदा सबैभन्दा पहिला तल्लो पेट दुखाइ सुरु हुन्छ । कसैमा दुखाइ पेटको बीचमा सुरु हुन्छ र अन्य भागमा सर्ने गर्छ, जहाँ एपेन्डिक्स हुन्छ । दुखाइ विस्तारै बढ्दै जान्छ । एपेन्सिक्ड सुन्निने क्रम जारी रहँदा दुखाइ तीव्र हुनुका साथै समस्या गम्भीर हुनथाल्छ । एपेन्डिसाइटिस भएको व्यक्तिमा पेट दुखाइका साथै अन्य केही लक्षण पनि देखापर्ने हुन्छ ।

एपेन्डिसाइटिस भएमा देखिन्छन् यस्ता लक्षण

तल्लो पेटको दायाँपट्टि अचानक दुखाइ हुन थाल्छ । नाइटोवरिपरि सुरु भएको दुखाइ प्रायः तल्लो पेटको दायाँपट्टि भागमा सर्छ । खोक्दा, हिँड्दा वा अन्य केही गतिविधि गर्दा दुखाइ बढ्ने हुनसक्छ । भोक कम लाग्ने वा भोक हराउने समस्या देखिन्छ । वाकवाकी लाग्ने वा बान्ता हुने हुन्छ ।
त्यस्तै, ज्वरो आउने, रोग गम्भीर हँुदै जाँदा ज्वरो पनि बढ्दै जाने सम्भावना रहन्छ । कब्जियत वा झाडापखालाजस्ता समस्या पनि देखिन सक्छ । पेट फुल्ने, पेटमा ग्यास भरिन थाल्ने वा ग्यास्ट्रिक हुने समस्या देखिन्छन् ।

एपेन्डिक्सका कारण सङ्क्रमण भएमा ब्याक्टेरिया द्रुतरूपमा फैलिन्छ, जसका कारण एपेन्डिक्समा सुन्निने, फुल्ने तथा पिपले भरिन्छ । लामो समयसम्म यसको उपचार नगरेमा एपेन्डिक्स फुट्ने सम्भावना बढी हुन्छ । एपेन्डिक्स फुटेमा सङ्क्रमण पेटभरि फैलिने हुन्छ, जसले बिरामीको ज्यानसमेत जोखिममा पार्न सक्छ । यस्तो अवस्थामा चिकित्सकले छिट्टै शल्यक्रिया गर्न सल्लाह दिन्छन् । एपेन्डिसाइटिसको एक मात्र उपचार भनेको शल्यक्रिया हो ।

jackson ribon