birat ribon

सञ्जीव भण्डारीको मृत्यु प्रकरण : अनुसन्धानमा प्रहरीले चासो नदिएको परिवारको गुनासो

Neuro
सञ्जीव भण्डारीको मृत्यु प्रकरण : अनुसन्धानमा प्रहरीले चासो नदिएको परिवारको गुनासो

विराटनगर / मोरङ पथरीका १९ वर्षीय सञ्जीव भण्डारीको दुई महिनाअघि मृत्यु भयो । उनको पथरीमा युवराज बास्कोटाको घरमा मृत्यु भएको थियो । घटना भएको २ महिना पुगे पनि अहिलेसम्म प्रहरीले अनुसन्धान नगरेको परिवारको भनाइ छ ।

cura insider

उनका परिवारले प्रहरीमा किटानी जाहेरी पनि दिएको बताएका छन् । तर प्रहरीले यस विषयमा चासो नदिएको मृतकका बुबा गोपाल भण्डारीले बताए । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले जाहेरी दिँदासमेत घटनाको अनुसन्धानमा वेवास्ता गरेको भण्डारीले बताए । पहिला बारम्बार घरमा आउने युवराज बास्कोटा घटना भएको दिनदेखि आउन छाडेको भन्दै घटनामा उसकै संलग्नता हुनसक्ने उनले बताए ।

किटानी जाहेरी दिनु र नदिनुको कुनै अर्थ नभएको भन्दै भण्डारी भन्छन्, ‘कानुन त फरक नहुनुपर्ने हो, पहुँचवालालाई अनुसन्धानमा नराख्ने ।’ नाम तोकेरै दिएको किटानी जाहेरीमा नाम परिवर्तन गरेको पाइएको भन्दै भण्डारीले थपे, ‘न्याय पाउन पँहुचवाला नै हुनुपर्ने रहेछ ।’

न्याय खोज्दा मर्नुप¥यो भने पनि तयार रहेको सञ्जीवकी आमाले बताइन् । प्रहरीले समेत यस घटनालाई वेवास्ता गरेको उनको भनाइ छ ।

jackson ribon