birat ribon

चेल्सी र युनाइटेड भिड्दै

Neuro
चेल्सी र युनाइटेड भिड्दै

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा आज सर्वाधिक धेरै पटकको उपाधि विजेता म्यानचेस्टर युनाइटेडले चेल्सीको सामना गर्दैछ । नेपाली समयानुसार राति १०ः१५ बजे हुने उक्त खेल चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने दाउमा छन् । हाल युनाइटेड ४९ अङ्कसहित दोस्रो स्थानमा छ । चेल्सी भने ४३ अङ्कका साथ पाँचौँ स्थानमा छ । दुवैले २५ खेल खेलेका छन् ।

cura insider

आजै हुने अर्को खेलमा लेइस्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । यस्तै लिभरपुलले सेफिल्ड युनाइटेडसँग उसैको मैदानमा खेल्नेछ भने टोटेनह्यामले बर्नलीसँग खेल्दा क्रिस्टल प्यालेसले फुलह्यामसँग खेल्नेछ ।

jackson ribon