birat ribon

इन्टरसँग सम्झौता थप्दै मार्टिनेज, भने– बार्सिलोना जाने कुरा पुरानो भयो

Neuro
इन्टरसँग सम्झौता थप्दै मार्टिनेज, भने– बार्सिलोना जाने कुरा पुरानो भयो

विराटनगर र अर्जेन्टिनी फरवार्ड लाउटारो मार्टिनेजले इटालियन क्लब इन्टर मिलानसँग सम्झौता थप्ने भएका छन् । हालै एक अन्तर्वार्ताका क्रममा मार्टिनेजले लामो समय इन्टरमा बस्ने बताउँदै सम्झौता थप्ने खुसाला गरेका हुन् ।

बार्सिलोना जाने अवसर रहेपनि अब उक्त कुरा पुरानो भइसकेको टिप्पणी गर्दै मार्टिनेजले भने, ‘हामीले सम्झौता नवीकरण गर्ने विषयमा छलफल गरिरहेका छौँ । बार्सिलोनासँग नजिकिएको कुरा मैले भनिसकेको छु । म बार्सिलोनासँग कति नजिक थिएँ भन्ने कुरा सबैलाई थाहा छ, तर एन्टोनियो कोन्टे यस विषयमा स्पष्ट थिए ।’

cura insider

‘म अहिले यहाँ छु र एउटा बाचा गर्न चाहन्छु कि मेरो लक्ष्य अन्त कतै मोडिएको छैन । बार्सिलोना जाने कुरा पुरानो भइसकेको छ । म आफ्नो सम्झौता लम्ब्याउन जाँदैछु र लामो समय बस्ने विचारमा छु’, उनले थपे ।

jackson ribon