birat ribon

अब ओलीलाई हामी कारबाही गर्छौं : भीम रावल

Neuro
अब ओलीलाई हामी कारबाही गर्छौं : भीम रावल

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्तअनुसार पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले निर्वाचन आयोगले निर्देशन गरेअनुसार नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधान, नेकपाको संसदीय दलको विधान, नेपालको कानुन र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक सावित भइसकेको उनको भनाइ थियो ।

cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताए । नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झूट र भ्रमपूर्ण रहेको बताए । संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्वीप मान्नु नपर्ने पनि रावलले बताए ।

त्यसरी निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने र केन्द्रीय कमिटीमा आफूहरूको बहुमत रहेको उनले बताए । बरु बहुमत केन्द्रीय कमिटीको बैठक गरेर प्रधानमन्त्री ओलीलाई कारबाही गरिने उनको भनाइ थियो । ‘उहाँ दलको सदस्य, समानुपातिक सांसद हटाइदिन्छु भन्दै हुनुहुन्छ,’ नेता रावलले भने, ‘अब बहुमत केन्द्रीय कमिटीको बैठक गरेर उहाँलाई हामी कारबाही गर्छौं ।’

jackson ribon