birat ribon

लुम्बिनीमा युनिभर्सल पिस सेन्चुरी स्थापना हुने

Neuro
लुम्बिनीमा युनिभर्सल पिस सेन्चुरी स्थापना हुने

लुम्बिनी / शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी आफैँमा चिरपरिचित नाम हो । विश्वका विभिन्न मुलुकबाट शान्तिको कामना गर्न आउनेहरुलाई गौतमबुद्धको बारेमा जानकारी दिन र प्रचारप्रसार बढाउने उद्देश्यले युनिभर्सल पिस सेन्चुरीको स्थापना हुन लागेको छ ।

cura insider

बौद्ध धर्मका प्रणेता भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी विश्वकै लागि आकर्षक केन्द्र हो । ऐतिहासिक महत्व बोकेको लुम्बिनी विश्व सम्पदा सुचीमा समेत सूचीकृत छ । बर्सेनि लाखौँ भक्तजन आउने लुम्बिनीमा भगवान गौतम बुद्धको बारेमा ध्यान तथा तपस्या गर्ने केन्द्रको अभाव हुने गरेको छ । त्यसैलाई हटाउन अहिले युनिभर्सल पिस सेन्चुरीको स्थापना गर्न लागिएको छ । १५ सयभन्दा बढीले एकैपटक हप्तौँ ध्यान तथा तपस्या गर्न सक्ने गरी पिस सेन्चुरी तीन वर्षभित्रमा निर्माण सक्ने र यसले लुम्बिनीको महत्व अझै बढाउने विश्वास गरिएको छ ।

युनिभर्सल पिस सेन्चुरी निर्माणका लागि बढीभन्दा बढी मानिसको सहभागिता होस् भन्ने उद्देश्यले एक रुपैयाँ सहयोग वा दान गर्न सकिने छ । पिस सेन्चुरी निर्माणका लागि स्वदेश तथा विदेशबाट लाखौँ मानिसले एक रुपैयाँ सहयोग गरी सहभागिता जनाएको भन्दै शान्ति कायम गराउन करौडौँ मानिसले साथ दिने विश्वास गरिएको छ ।

पिस सेन्चुरीको जग बसाउने काम सकिएको छ । यसका लागि समाजमा पैसामात्रै वा पदमात्रै भन्दा पनि केही दान वा सहयोग गरौँ भन्ने भावना विकास गरेको भन्दै सकेको सहयोग गर्ने उद्देश्यले लुम्बिनीमा आएको उद्योगीहरुले बताएका छन् ।

युनिभर्सल पिस सेन्चुरी विश्वकै बौद्ध धर्मावलम्बीका लागि ध्यान र तपस्यासहित खोजी केन्द्र बनाउने लामा गुरुहरुले बताएका छन् । यसलाई महासिद्ध सेन्चुरीसमेत नामाकरण गरिएको छ । यहाँ बुद्धका सयौँ पुस्तकदेखि अहिलेसम्म प्रकाशित बुद्धसँग सम्बन्धित सबै पुस्तकसहितको लाइब्रेरी, ध्यान केन्द्र, खोजी केन्द्रदेखि सेमिनार हलसहितको अत्याधुनिक केन्द्र बनाउने तयारी छ ।

jackson ribon