birat ribon

माइग्रेन : भ्रम र यथार्थ

Neuro
माइग्रेन : भ्रम र यथार्थ

विराटनगर / माइग्रेन एक न्यूरो भास्कुलर अवस्था हो । जसमा एक किसिमको दीर्घकालीन टाउको दुखाइ हुने समस्या हुन्छ ।

cura insider

सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कतिलाई टाउकोको दुबैपट्टि वा पूरै टाउको पनि दुख्ने हुनसक्छ । माइग्रेनको समस्या भएको दुई तिहाइ जनसङ्ख्यामा वंशाणुगत कारणले गर्दा माइग्रेन भएको हुन्छ । पारिवारमा माइग्रेनको इतिहास भएकालाई माइग्रेन हुने सम्भावना अधिक हुन्छ । मस्तिष्कभित्र हुने स्नायु नसा र रगत सञ्चार गर्ने धमनीमा हुने कार्यमा गडबडी हुँदा या यिनीहरूले राम्रोसँग कार्य गर्न नसक्दा पनि माइग्रेन हुन्छ ।

माइग्रेनसम्बन्धी धेरै भ्रम फैलिएको छ । माइग्रेन भएपछि ठिक हुँदैन भन्ने सबैभन्दा धेरै सुनिएको भ्रम हो । माइग्रेन निको नहुने भए पनि यो उपचारयोग्य हुन्छ । माइग्रेन स्नायु नसा र रक्त धमनीमा आएको आन्तरिक समस्याका कारण हुने भएकाले यो पूर्ण रुपमा निको हुन सक्दैन । तर, एक व्यक्तिको माइग्रेनको फ्रिक्वेन्सी, गम्भीरता र यसले पु¥याएको प्रभावको आधारमा माइग्रेनको उपचार वा यसलाई नियन्त्रण गर्न सकिन्छ ।

यसबाहेक माइग्रेनका धेरै भ्रम छन् जसको तथ्य मानिसहरूले बुझ्ने प्रयास गरेका छैनन् । समाजमा माइग्रेनबारे फैलिएका केही भ्रम र त्यसका तथ्यहरू यस्ता छन् :

भ्रम : माइग्रेन एक टाउको दुखाइमात्र हो ।

तथ्य : माइग्रेन एक रोग हो र टाउको दुखाइ यसको एक लक्षणमात्र हो । माइग्रेन हुँदा दिमागको वरिपरि हुने टिश्यु सुन्निने कारण दुखाइ हुन्छ । त्यसकारण, टाउको दुखाइको उपचार गर्ने औषधिले रक्तनलीहरूलाई फैलाउने हुँदा माइग्रेन थप बिग्रन सक्छ ।

भ्रम : माइग्रेन तनाव र डिप्रेसन जस्ता मनोवैज्ञानिक कारण सुरु हुन्छ ।

तथ्य : माइग्रेन मनोवैज्ञानिक समस्या नभएर एक न्यूरोलजिक रोग हो । माइग्रेनको बिरामी उसको वरिपरिको वातावरणमा हुने प्रकाश, ध्वनि, गन्ध, स्वाद र स्पर्शमा बढी संवेदनशील हुन्छ ।

भ्रम : माइग्रेनका कारण ज्यान जोखिमपूर्ण हुँदैन ।

तथ्य : माइग्रेनका कारण ज्यान जोखिमपूर्णसमेत हुनसक्छ । यसले स्ट्रोक, स्थायी आँखामा समस्या, गम्भीर दाँतको समस्या, कोमा र मृत्युजस्ता गम्भीर शारीरिक समस्यालाई प्रेरित गर्न सक्छ । माइग्रेन र मिर्गी आक्रमण पनि एकअर्कासँग सम्बन्धित छन् ।

भ्रम : माइग्रेन सजिलै पहिचान गरेर कुनै पनि चिकित्सकद्वारा उपचार गर्न सकिन्छ ।

तथ्य : माइग्रेन सबभन्दा कम बुझिएको रोगमध्ये एक हो । माइग्रेन भएका ६० प्रतिशत महिला र ७० प्रतिशत पुरुषमा कहिले पनि यो रोग पत्ता लागेको छैन ।

भ्रम : माइग्रेनको टाउको दुखाइ एक दिनभन्दा बढी रहँदैन ।

तथ्य : माइग्रेन टाउको दुखाइ न्यूनतम चारदेखि ७२ घण्टासम्म रहन्छ । यो पनि गम्भीरता र माइग्रेनको प्रकारमा भर पर्छ । माइग्रेन दैनिक पनि हुन सक्छ । अध्ययनले तनावपूर्ण जीवनशैली भएकामा दैनिक आधारमा माइग्रेनको हुनसक्ने देखाएको छ ।

भ्रम : वयस्कहरूलाई मात्र माइग्रेनको टाउको दुख्छ ।

तथ्य : माइग्रेन जुन उमेरमा पनि सुरु हुन सक्छ । विशेषगरी १० देखि १९ वर्षको टिनऐज उमेर समूह र ३० देखि ४० वर्षको उमेर समूहमा माइग्रेन देखिने सम्भावना धेरै हुने पाइएको छ । माइग्रेनको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ ।

jackson ribon